Logo
Logo

हङकङमा यस्तो बन्यो सुनिता र सेमिहाङको ‘मिम् ए मिम् वा:रो’ (भिडियो)


2.8k
Shares

काठमाडौं । एउटा नयाँ लिम्बू भाषाको गीत सार्वजनिक भएको छ । ‘मिम् ए मिम् वा:रो’ बोल गीतको भिडियो युट्युबमार्फत सार्र्वजनिक भएको हो ।

लिम्बू भाषाको यस गीतको भिडियोलाई चर्चित युवा निर्देशक युगल पोमु लिम्बूले निर्देशन गरेका हुन् । यस गीतलाई चर्चित गायिका सुनिता थेगिम र सेमिहाङ सिंगकले गाएका हुन् । सुनिता र सेमिहाङको माधुर्य स्वरले साइमान लिम्बूको शब्द रचनामा सुगन्ध थपिएको छ । यो गीत सुन्दा जति मठास र माधुर्य लाग्छ, भिडियो हेर्दा उत्ति नै आनन्द लाग्छ ।

यस गीतमा हाक्पारे भाका पनि मिसाइएको छ । जसले ‘मिम् ए मिम् वारो’ यो गीतमा लिम्बू सांस्कृतिक सुगन्ध पाइन्छ । यो भिडियोलाई हङकङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको हो । भिडियोमा रोमन लिम्बू र ऐशा गुरुङले अभिनय गरेका छन् ।

पूर्वेली अर्थात कल्चरल भिडियो निर्माण तथा निर्देशन युगल अब्बल मानिन्छन् । युगलले निर्देशन गरेका अधिकांश म्युजिक भिडियोमा कतै न कतै लिम्बू संस्कृति एवं रहनसहनलाई स्थान दिइएको पाइन्छ । यस्तै, उनी निर्देशित यो पछिल्लो भिडियो ‘मिम् ए मिम् वारो’मा पनि लिम्बू समुदायको परम्परा, शैली र सांस्कृतिक सौन्दर्यलाई समेट्ने प्रयास गरेका छन् ।

युगल पोमुकै कोरियोग्राफी र कन्सेप्ट रहेको यस भिडियोलाई मज्जाको राईले खिचेका हुन् । उनले भिडियोलाई पनि मज्जाले खिचेका छन् । अनिलकुमार महर्जनले सम्पादन गरेको यो भिडियो युट्युब च्यानल ‘जी मिडिया कनेक्शन’बाट शनिबार रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्