Logo
Logo

आन्दोलनमा देखिएनन् राप्रपाका शीर्ष नेता, चिढिए प्रदर्शनकारी


5.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बानेश्वर क्षेत्रको निषेधित क्षेत्र डोड्ने प्रयास भइरहँदा राप्रपाका शीर्ष नेताहरु भने सिंहदरबारस्थीत दलको कार्यालयमा छलफलमा जुटेका हुन् ।

प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले निषेधित क्षेत्र नतोड्न माइकिङ गरिरहेको छ । निषेधित क्षेत्र तोडेमा कारबाही गर्ने चेतावनीपछि प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी सुरु गरेका छन् ।

राप्रपा नेताहरुले आज सामूहिक गिरफ्तारी दिने बताएका थिए । तर, यो समाचार तयार पार्दासम्म राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायत शीर्ष नेताहरु कोहीपनि प्रदर्शन क्षेत्र नगएर सिंहदरबारमा छलफलमा जुटेका छन् ।

शीर्ष नेताहरु प्रदर्शनमा नदेखिएपछि प्रदर्शनकारीहरु चिढिएका छन् । शीर्ष नेताहरु बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्