Logo
Logo

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट पक्राउ


2.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले लिङ्देनसहित बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायलाई पक्राउ गरेको हो । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्