Logo
Logo

शिक्षकको माग सम्बोधन गर्न जनमतको माग


315
Shares

काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।  जनमत पार्टीका प्रवक्ता डा।शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् । 

विगत १८ दिनदेखि नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ । 

 शिक्षकहरूको आन्दोलनले गर्दा काठमाडौँको बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ । यस क्षेत्रमा सवारीसाधन जाममा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्