Logo
Logo

मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु


1.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार देशभर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । आयोगका अनुसार २०८१ चैत मसान्तसम्म १८ वर्ष पूरा गरेका नागरिकहरूलाई समेटेर २०८२ वैशाख १ गतेदेखि अद्यावधिक प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ ।

कार्यक्रम अन्तर्गत मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइट www.election.gov.np मा प्रकाशित गरिएको छ । प्रारम्भिक नामावलीमा रहेका विवरणहरूमा त्रुटि भएमा सच्याउन, कुनै व्यक्तिको नाम दोहोरिएको भएमा एक मात्र स्थानमा कायम गर्न, मृत्यु भइसकेका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन तथा विरोध उजुरी दिनु परेमा वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन माध्यमबाट निवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

अद्यावधिक प्रक्रिया सम्पन्न भएपछि अन्तिम मतदाता नामावली २०८२ वैशाख मसान्तमा प्रकाशित गरिने छ । आयोगले तोकिएको म्यादभित्र आवश्यक सूचना अद्यावधिक गराउन सम्पूर्ण सरोकारवालाहरू र मतदाताहरूमा हार्दिक अनुरोध गरेको छ ।

साथै, नामावली अद्यावधिक कार्यक्रमसँगै नयाँ मतदाता दर्ता तथा अन्य विवरण अद्यावधिकको कार्य पनि नियमित रूपमा जारी रहने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्