Logo
Logo

यसरी हुँदैछ ‘सिरीजंघा महोत्सव-२०८२’को तयारी


5.7k
Shares

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव– २०८२ को तीव्र तयारी भइरहेको छ ।

पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको अध्ययन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको स्वागतद्धार र अन्य आश्वयक तयारीहरु धमाधम भइरहेको सिरीजंघा पर्यटन महोत्सव सचिवालय समितिले जनाएको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघाको आधार शिविरसम्म जोड्ने कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा सम्पन्न हुने सिरीजंघा पर्यटन महोत्सव अन्तरगत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवद्र्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ आदि कार्यक्रमहरु आयोजना हुनेछन् ।

महोत्सवको अन्तिम दिन बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यिक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, कवि नवराज पराजूली, गायक भीम लिम्बू, गोविन्द लिम्बू, प्रितीका बेघासंगै रंगकर्मी विष्णु मोक्तान र हाँस्य कलाकार प्रकाश लिम्बू रियोको विशेष प्रस्तृति रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्