काठमाडौं । नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा गायक प्रमोद खरेलको स्वरमा ‘पीडा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचना रहेको उक्त गीतमा संगीतकार मनिपल राईको अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियोमा बिक्रम बुडाथोकी, कुसुम कुँवर र तुलसी खड्काले अभिनय गरेका छन् ।
यस भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरिएको हो । म्युजिक भिडियो समलिंगीको कथामा आधारित रहेको छ । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।