Logo
Logo

टिच फर नेपालमार्फत् ग्रामिण क्षेत्रका विद्यार्थीलाई हिमालयन बैंकद्वारा सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक र सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न रु. पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले सो संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो ।

‘एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ भन्ने मूलमन्त्रका साथ अगाडि बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषयहरु पढाइरहेकोे छ ।

हिमालयन बैंकले आफ्नो स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतनामूलक कार्यक्रम आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीको उपस्थितिमा उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्