Logo
Logo

युवतीलाई चक्कु देखाउँदा एसएसपीलाई हत्कडी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । युवतीसँगको लफडाले नेपाल प्रहरीका एसएसपी शौरभ राणा ८ महिनादेखि निलम्बनमा छन् । महिलाले झुटो जाहेरी दिएको पुष्टि भएपछि सरकारी वकिलले उनीविरुद्ध मुद्दा चलाउन मानेन । तर, पनि उनको निलम्बन फुकुवा भएको छैन, करिअर ध्वस्त भयो ।

त्यस्तै लफडामा सशस्त्र प्रहरी बलका एसएसपी यतिबेला प्रहरी हिरासतमा छन् । लामो समयदेखि सम्बन्धमा रहेकी एक युवतीसँगकै विवादका कारण एसएसपी राजेन्द्र अधिकारी बलात्कार मुद्दामा पक्राउ परेका छन् । पोखरास्थित दंगा नियन्त्रण शिक्षालयको क्वाटरभित्रै एक युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ ।

एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको अभियोग लागेको छ । खासमा युवतीसँग झगडा भएपछि बलात्कार मुद्दाको परिस्थिति बनेको प्रहरी स्रोत बताउँछ ।

कास्कीका एक प्रहरीका अनुसार युवतीले एसएसपी अधिकारीसँग केही पैसा मागेकी थिइन् । त्यति पैसा आफुले दिन नसक्ने बताएपछि झगडा सुरु भएको थियो । त्यसपछि युवतीले बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्की दिएपछि कुटाकुट नै भएको थियो । त्यही क्रममा युवतीले रिसको आवेगमा प्रहरी कन्ट्रोलमा फोन गरी आफुमाथि बलात्कार भएको उजुरी गरेकी थिइन् । केही समयमै प्रहरी आइपुग्यो । त्यतिबेला एसएसपी अधिकारी अर्धनग्न अवस्थामा थिए । युवतीले उनको टिसर्ट लगाइरहेकी थिइन् । झगडा हुँदा युवतीको लुगा त्यातिएपछि उनले एसएसपीको टिसर्ट लगाएकी थिइन् ।

यसरी प्रहरीसम्म उजुरी पर्नुको कारण भने एसएसपीले चक्कु देखाएर मार्ने धम्की दिनु नै प्रमुख कारण भएको स्रोत बताउँछ । युवतीले फसाईदिने बताएपछि एसएसपी अधिकारीले चक्कु देखाएर तलाई मारिदिन्छु भन्दै धम्की दिएका थिए । त्यही रिसले गर्दा एसएसपीले चर्काे मूल्य चुकाउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्