काठमाडौ । गायक हसन राई र द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी चर्चित गायिका इन्द्रकला राईको स्वरमा हालै ‘पैसाकी वैश’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत लुंङ्टो क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । यो गीतको भिडियोलाई युट्युबका दर्शकले रुचाएका छन् ।

द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी चर्चित गायक तथा संगीतकार रोशन राईको यस गीतमा शब्द तथा संगीत रहेको छ । सागर संसार राईको एरेञ्ज रहेको यस गीतमा किशोर थापाको मिक्सिङ रहेको छ ।
‘पैसाकी बैस’ गीतको भिडियोमा रियल जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । जीवन र लक्ष्मीकै निर्देशन रहेको यस भिडियोमा उनीहरुको रोमान्ससँगै गाउँले जीवनसहितको प्रेम रोमान्स समेटिएको छ ।
बुद्ध थापाले खिचेको यस म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । गायक हसन राईले अहिले सम्मय करिब २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङपनि गरिसकेका छन् । धरान सुर साँझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसँग संगीत सिकेका हसन पाश्र्व गायनप्रति मोह राख्छन् ।