Logo
Logo

सँगसँगै झुम्यो दर्शक, अष्ट्रेलियामा उत्साहित करण राई


504
Shares

काठमाडौं । गायक करण राई अहिले अष्ट्रेलिया सांगीतिक टुरमा छन् । द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाको विभिन्न स्थानमा भएको कन्सर्टमा धमाका मच्चाएका छन् ।

करणलाई अष्ट्रेलियामा सम्मान समेत गरिएको छ । कन्सर्टका साथै अष्ट्रेलियामा रहेका नेपाली दर्शक तथा फ्यानहरुसँग मिट एण्ड ग्रिडमा समेत ब्यास्त भइरहेका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा गत शनिबार साँझ करणले आफ्ना दर्जनौं गीतमार्फत दर्शकलाई नचाएका थिए । ‘करण राई नाईट’ नाम दिइएको सो कन्सर्टमा सयौं दर्शक करणसँगै झुमेका थिए । उनले दर्शकको वान्समोर र हुटिङपछि ३ घण्टासम्म धमाकेदार प्रस्तुती दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको उपस्थितिमा खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान गरिएको थियो । करिब १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो ।

भुटानी अष्ट्रेलियन कम्युनिटि सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफलताको बारेमा जानकारी गराए ।
त्यस्तै क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा केहि दिन अगाडी अष्ट्रेलियाको ताजमनियामा पनि करणको अर्को भब्य कन्सर्ट सम्पन्न भएको थियो ।

करणले कन्सर्टमा करिव एक घण्टा ३० मिनेट लगातार आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई झुमाएका थिए । कन्सर्टमा क्रिएटिभ जर्नी फाउन्डेसनको अध्यक्ष ओवेथ राईले करणलाई सम्मान हस्तान्तरण गरेका थिए । अष्ट्रेलियामा पाएको मायाले आफुलाई नयाँ संगीत सृजनाहरु गर्न उत्साहित बनाएको करणले बताए ।

प्रतिक्रिया दिनुहोस्