काठमाडौं । भारत सरकारले पाकिस्तानका १६ वटा यूट्यूब च्यानलमा रोक लगाएको छ । भारतले सुरक्षासम्बन्धी संस्थाहरूलाई लक्षित गरी झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोप लागेको छ । यी च्यानलहरूमा डन न्युज, एआरवाई न्युज, जिओ न्युज रहेका छन् । जसको कुल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।

भारतको गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण र गलत जानकारीविरुद्ध पनि कडा कारबाही गरिएको छ। पाकिस्तानका च्यानलहरूले पहलगाम घटनाको गलत प्रस्तुति दिएका कारण भारत सरकारको निर्देशनमा बीबीसी भारत कार्यालयलाई औपचारिक पत्र पठाइएको छ ।
अप्रिल २२ मा जम्मु कश्मीरको पहलगामस्थित बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ पर्यटकको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) द्वारा भइरहेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, उक्त घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय नागरिक रहेका छन् ।
भारत सरकारले देशको सुरक्षामा असर पार्ने गलत प्रचार र अफवाहहरू विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।