Logo
Logo

नेकपामा पर्दा पछाडिको खेलाडी को हुन् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । २०७५ जेठ २ गते पार्टी एकता गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जुन उत्साह थियो, पार्टी एकता भएको साढे दुई वर्षमा त्यो उत्साह किन र कसको कारणले निरुत्साहमा बदलियो भन्ने प्रश्नको जवाफ इमान्दारका साथ नखोजिने हो भने यो एकता प्रक्रियाले पूर्णता नपाउन सक्छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच खेल्ने र त्यो ‘स्पेश’ मा आफ्नो स्वार्थपूर्ति गर्नेहरु बालुवाटारमा हाबी भएकै कारण दुईतिहाइको पार्टी र प्रधानमन्त्री ओलीले आफूलाई कमजोर र असुरक्षित महसुस गरेका हुन् । प्रधानमन्त्री ओलीलाई कमजोर पार्ने काम प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमले भन्दा पनि उनकै गुटले गरिरहेका छन् । नेकपामा प्रधानमन्त्रीकै वरपर बसेर प्रचण्ड र ओलीबीच फुट ल्याउने खेलाडी को हुन् भन्ने कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पत्ता लगाउनुपर्छ ।

मंसिर ४ गतेको सहमतिअनुसार पार्टी सञ्चालनको पूर्ण जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाइ नदिइएपछि ओली र प्रचण्डबीच असमझदारी बढेको हो । मंसिर ४ गते गरिएको पछिल्लो सहमतिमा ओली र प्रचण्ड अड्ने हो भने समस्या छैन । तर, ओलीले पछिल्लो समय जे जस्तो व्यवहार देखाइरहेका छन् त्यसले वातावरण बनाउनेभन्दा बिगार्ने काम बढी गरिरहेको छ । यसमा पर्दा पछाडिका खेलाडीहरुले ओलीलाई उक्साइरहेका छन् ।

प्रचण्ड र ओलीलाई मिल्न नदिनकै लागि २०७५ जेठ २ गते भएको सहमति ०७६ मंसिर ४ गते उल्ट्याइयो । जेठ २ गते सहमति गर्दा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको थियो । तर, मंसिर ४ गतेको सहमतिमा सरकारको नेतृत्व आलोपालो गर्दा जनतामा राम्रो सन्देश नजाने भएकोले प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने र ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने भनिएको थियो । यसको अर्थ केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार ०७७ चैतभित्र एकता महाधिवेशन गर्ने र प्रचण्ड सर्वसम्मत अध्यक्ष बन्ने भन्ने बुझाई प्रचण्डमा रहेको थियो । तर, मंसिर ४ गतेको सहमतिअनुसार पार्टी सञ्चालनको पूर्ण जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाइ नदिइएपछि ओली र प्रचण्डबीच असमझदारी बढेको हो । मंसिर ४ गते गरिएको पछिल्लो सहमतिमा ओली र प्रचण्ड अड्ने हो भने समस्या छैन । तर, ओलीले पछिल्लो समय जे जस्तो व्यवहार देखाइरहेका छन् त्यसले वातावरण बनाउनेभन्दा बिगार्ने काम बढी गरिरहेको छ । यसमा पर्दा पछाडिका खेलाडीहरुले ओलीलाई उक्साइरहेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली दुवै सहमतिबाट पछि हटेका छन् र मंसिरमा एकता महाधिवेशन गर्ने ‘कार्ड’ फ्याँकेका छन् । जबकि केन्द्रीय कमिटीको बैठकले ०७७ चैतभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ । कोरोनाका कारण त्यो पनि सम्भव छ कि छैन भनेर पार्टीमा छलफल गर्नुपर्ने बेला मंसिरमा महाधिवेशन गर्ने कुरा एकतालाई भाँड्ने कुरा हो । पोलिटव्यूरो गठन भएको छैन । विभागले पूर्णता पाएको छैन । संगठित सदस्यहरुको सदस्यता नवीकरण भएको छैन । त्यसमाथि असोज, कात्तिक दशैँ, तिहार र छठको बेला छ । यस्तो अवस्थामा बिना तयारी मंसिरमा महाधिवेशन गर्ने कुरा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छल्नु हो । पार्टी अध्यक्षजस्तो जिम्मेवार नेताले आपसी समझदारीमै समस्याहरु समाधान गर्दै जानु पर्नेमा नयाँ–नयाँ कार्ड फ्याँक्नु आफैँलाई कमजोर बनाउनु हो । यसका पछाडि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओलीले नछाड्ने संकेत हो । किनभने, ओली गुट नेकपाको नेतृत्व प्रचण्डलाई सुम्पन तयार छैन । ओली गुट मंसिरमा महाधिवेशन गरेर प्रचण्डलाई पार्टीबाटै बिदा गर्ने तयारीमा छ भने, वरिष्ठ नेता माधव नेपाललाई पूर्वएमाले गुटमा ल्याउने भित्री तयारी गरिरहेको छ । यो कुरा माधव नेपालले राम्रैसँग बुझेका छन् । तर, कुनै पदका लागि नेपालले ओली गुटसँग सम्झौता गर्ने सम्भावना न्यून छ । महाधिवेशनमा ओली गुटलाई पराजित गरेरै छाड्ने रणनीतिमा नेपाल लागेका छन् ।

नेकपा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली गुटको बहुमत नपुग्ने भएको हुँदा यी तीनवटै कमिटी छल्न मंसिरमा महाधिवेशन गर्ने कुरा प्रचारमा ल्याइएको प्रचण्डले राम्रैसँग बुझेका छन् । तर, के गर्नु पूर्वएमालेभित्रको विवादले प्रचण्ड साँढेको जुधाइ बाच्छाको मिचाइमा परेका छन् । अहिले बाहिरबाट हेर्दा ओली र प्रचण्डबीच ठूलै द्वन्द्वजस्तो देखिए पनि ओलीको खास विवाद माधव नेपालसँग हो । माधव नेपालको नेकपाभित्र बलियो पकड भएकै कारण उनको तेजोबध गर्न पार्टी फुटाउनेसम्मको अध्यादेश ल्याइयो । अहिले पनि मंसिरमा एकता महाधिवेशनमा प्रचण्डलाई अध्यक्ष बनाउने भनेर जुन प्रचार गरिँदैछ प्रचण्ड र नेपालबीच खाल्डो खन्ने काम बालुवाटारले गरिरहेको बुझिएको छ ।

सहमति गर्ने, कार्यान्वयन नगर्ने ओलीको बानीका कारण पार्टीभित्र यो समस्या उत्पन्न भएको हो । मंसिर ४ गते प्रचण्डसँग सहमति गर्दा ओलीले एकता महाधिवेशनबाट प्रचण्डलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र आफू सर्वोच्च नेताका रुपमा रहने सहमति गरेका थिए । यदि ओली आफूले गरेका सहमतिमा इमान्दार हुने हो भने, नेकपाभित्र कुनै समस्या देखिँदैन । उनको यही धोका दिने बानीका कारण उनीसँग शीर्ष नेताहरु चिढिएका हुन् । दुईतिहाइको पार्टी समस्यामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्