
एजेन्सी । स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति व्यापकरूपमा बन्द हुँदा आपतकाल घोषणा गरिएको छ ।
विद्युत् आपूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको, रेल सेवा अवरूद्ध भएको र मानिसहरु लिफ्टमा फसेका छन् भने हवाई सेवा बन्द भएका छन् । जस कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको सीएनएनले जनाएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले व्यापक रूपमा भएको विद्युत् कटौती हुनको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।
स्पेनी विद्यूत् सेवा प्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत सुचारु गर्न छ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ ।
त्यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल’ भइरहेको जनाएको छ ।