Logo
Logo

कोलकाताको ऋतुराज होटलमा आगलागी, १४ जनाको मृत्यु


819
Shares

काठमाडौं । पश्चिम बंगालको राजधानी कोलकाताको एक होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

मध्य कोलकाताको फलपट्टी मछुआनजिकै मंगलबार राति ८ः१५ बजेतिर ऋतुराज होटलमा आगलागी भएको थियो । सो आगलागीमा परेर मृत्यु भएका १४ जनाको शव निकालिएको र धेरै जनालाई उद्धार गरिएको कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माले जानकारी दिएका छन् ।

अहिले उनले आगो नियन्त्रणमा आइसकेको र उद्धार जारी रहेको बताईको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको पनि कोलकाता प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्