Logo
Logo

स्मिताको ‘आमा’ले चर्चा बटुल्दै (भिडियोसहित)


819
Shares

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘आमा’ले अहिले चर्चा पाइरहेको छ । यो गीत स्मिताले हालै आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर ल्याएकी हुने ।

युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ । साथै, विमान दुर्घटना र त्यसबाट अकालमा ज्यान गमाउनुको पीडालाई गीतमार्फत उजागर गरिएको छ ।

यस गीतको शब्द सिर्जना र संगीत चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । भिडियोमा गायिका दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिका निर्वाह गरेका छन् । साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत उपस्थिति देख्न सकिन्छ ।

भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुने भने सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् । कथा र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।

यस गीतको कथामा विमान दुर्घटनामा पति गुमाएपछि एउटी आमाले सन्तानलाई हुर्काउन गरेको संघर्ष देखाइएको छ । आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरिएको छ । यस गीतलाई युट्युबमा पाँच दिनमा करिब डेढ लाखले हेरिसकेका छन् । गीत हर्ने दर्शकले रुचाएका छन् । धेरै जसो दर्शकले यस गीतलाई ‘मार्मिक’ र राम्रो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्