काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ भने उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेशकुमार आचार्यलाई सरुवा गरिएको छ ।
त्यस्तै, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बरबहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा भने अब बढुवा हुने डीआईजीबाट पठाइने भएकाले सरुवा नगरिएको बताइएको छ ।

