
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)रमेश थापा तोकिएको छ । बुधबार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले थापालााई केन्द्रीय प्रहरी प्रवक्ताकोा जिम्मेवारी दिएको हो ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गन थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जानकारी दिएको छ । एसएसपी थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।