काठमाडौं । गायक सुरेश लामा र गायिका सविना योङहाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गीतकार भद्रकला आङबुहाङ राईको शब्दरचना रहेको यस गीतको भिडियोलाई हङकङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको छ ।

‘अविरल माया’ बोलको यस लभसङलाई चर्चित युवा निर्देशक युगल पोमू लिम्बूले निर्देशन गरेका हुन् । भिडियोमा गायिका समेत रहेकी दीपा सुहाङ र प्रकाश राईले अभिनय गरेका छन् । कार्यक्रमको सिलसिलामा दीपा हङकङ पुगेका बेला यो भिडियो सुट गरिएको हो ।
युगल प्रेमी–प्रेमिकाबीच एकअर्कामा समर्पित यस गीतनको भिडियोमा हङकङको रमणीय पहाडको दृश्यसँगै सुन्दर समुद्री तटलाई पनि कैद गरिएको छ । जसले भिडियो थप रोमान्टिक देखिन्छ । गीतको भावनुसार निर्देशक पोमूले भिडियोलाई फिल्मीशैलीमा ढाल्न खोजेका छन् ।
मज्जाको राईले खिचेको यस भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । यो भिडियो गीतकार भद्रकलाकै अफिसियल युट्युब च्यानल ‘भद्रकला आङबुहाङ राई’मार्फत सार्वजनिक गरिएको हो ।