Logo
Logo

सिटिजन्स बैंकको क्रेडिट कार्ड कसरी लिने ?


2.5k
Shares

काठमाडौं । नेपालमा हाल २० वटा वाणिज्य बैंक छन् । उक्त बैंकमध्ये सिटिजन्स बैंक नै किन भन्ने प्रश्न पनि आउँछ । सिटिजन्स बैंक ग्राहकलाई सहज सेवा र यसको विस्तारका निमित्त प्रयत्न गर्दै आएको छ ।

काठमाडौंको नारायणहिटी मार्गमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंकले हाल देशभर १९९ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चाँडै बैंकको २०० शाखा पुग्दैछ ।

बैंकको हाल सातै प्रदेशका ६३ जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ भने यसका देशभर १९९ वटा शाखा छन् । १६८ वटा एटीएम रहेको यस बैंक गुणस्तर सेवामा केन्द्रीत छ । ग्राहकको आवश्यकता अनुसारको प्रडक्ट डिजाइन गर्ने, शाखा बिस्तार गर्दै जाने, ग्राहकलाई सहज सेवा पुर्याउने अबको सिटिजन्स बैंकको लक्ष्य हो । उक्त विषयलाई नै मध्यनजर गर्दै बैंकले नयाँ प्रडक्ट सार्वजनिक गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले हालै आफ्नै ‘भर्चुअल क्रेडिट कार्ड’ ल्याएको छ । सम्भवतः नेपालमै पहिलोपटक यो सेवा ल्याउने बैंक सिटिजन्स हो । फोन पेसँग सहकार्य गरी ल्याएको यो कार्डका लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नुहुनेछ ।

आवेदन बैंकले स्विकृत गरिसकेपछि ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछ । भर्चुअल क्रेडिट कार्ड सिटिजन्स बैंकको नयाँ योजना हो ।

उक्त योजनामार्फत ऋण लिएपछि साँवा र ब्याजको मासिक किस्ता (ईएमआई)को सुविधासमेत लिन सकिन्छ । यो कार्डबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी साथै सामान किनमेल गर्न सहज तरिकाले सकिन्छ । यो कार्डबाट पूर्ण रूपमा डिजिटल सेवा प्रदान हुनेछ ।

बैंकले ग्राहकहरूलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ । साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प प्रदान गरिएको छ । क्रेडिट कार्डको फिचरमा एडिशनल फिचर थपेको यो कार्ड सुविधा अब मोबाइलबाटै पाइन्छ ।

भर्चुअल क्रेडिट कार्ड लिनको लागि बैंकमा आएर फर्म भर्नु पर्दैन । किनभने सिटिजन्स बैंकका ग्राहकले उक्त कार्डका लागि अनलाइनमार्फत अप्लाई गरी प्रयोग गर्न सकिन्छ ।

बैंक यसमा विभिन्न स्किम ल्याएर ग्राहकलाई अझ कसरी सहज सेवा दिन सकिन्छ भनेर लागेको छ । जस्तो क्रेडिट कार्डलाई किस्तामा कन्भर्ट गरेर ठूलो रकमका सामान खरिद गर्न पनि सकिने बैंकले जनाएको छ । ‘जुन सेवा शून्य प्रतिशतदेखि ब्याजदर उपलब्ध गराउँछौं, ग्राहकहरूलाई भोलिका दिनमा थप फिचरहरू उपलब्ध गराउँदै जानेछौं’ बैंकका क्रेडिट कार्ड डिपार्टका समीर अधिकारी भन्छन् ।

उनी भन्छन्, ‘म क्रेडिट कार्डलाई सेन्सेटिभ प्रडक्ट पनि भन्छु । किनभने यसलाई आफ्नै नियम आफ्नै परिधिभित्र बसेर चलाउनुपर्ने हुन्छ । सिटिजन्स बैंकबाट राम्रो नम्बरमा ग्राहकहरुले क्रेडिट कार्ड लिएका छन् । क्रेडिट कार्ड ग्राहकको मासिक आम्दानी कति छ ? कस्तो प्रकारको आम्दानी स्रोत हो त्यसको आधारमा पनि यो कार्ड दिइन्छ ।

सिटिजन्स बैंकको क्रेडिट कार्ड कसरी लिने ?

पहिला किनमेल गर्न जानुअघि पर्समा क्यास पैसा राख्ने अनि बजारमा गएर सामान खरिद गरी उक्त सामानको बिल पर्समा राखेर फर्किनेबाट नेपालीको सपिङ कल्चर सुरु भएको हो । अहिले युवाले मात्र भई नेपाली नागरिकता प्राप्त प्राय सबै उमेर समूहकाले मोबाइलबाटै कारोबार गर्छन् । दैनिक जीवनमा मोबाइल अति आवश्यक वस्तुभित्र परिसकेको छ । बैंकिङ कारोबार पनि पछिल्लो समय मोबाइलबाटै बढी भएको देखिन्छ ।

सिटिजन्स बैंकबाट भिसा क्रेडिट कार्ड निकाल्ने तरिका सहज छ । बैंकबाट जसले यो कार्ड निकाली प्रयोग गर्ने सोच बनाउनु भएको छ, नजिकैको बैंकको शाखामा गएर पनि यसको बारेमा बुझन सक्नुहुनेछ । यो कार्डको प्रयोगका लागि आवेदन दिन जागिर खाएको तलब प्रमाणपत्र र त्यो अनुसारको पैसा जुन बैंकमा गइरहेको छ, त्यो बैंकको स्टेटमेन्टको आवश्यक पर्छ । भौतिक रूपमा वा अनलाइनका माध्यमबाट पनि आवेदन दिन सकिन्छ ।

आवेदन दिएपछि क्रेडिट रिभ्यू भई लिमिट असाइन हुन्छ । निवेदकको लिमिटलाई असाइन गरेपछि कार्ड प्रोभाइड हुन्छ । उक्त कार्ड आएपछि सहज तरिकाले थोरै भएपनि पैसा निकाल्न र आवश्यकता परेको ठाउँमा भुक्तानी गर्न सकिन्छ ।

क्रेडिट कार्ड एक हिसाबले भन्ने हो भने बैंकबाट निश्चित समयको लागि लिएको ऋण हो । ग्राहकलाई कति दिँदा पे गर्नको लागि सजिलो हुन्छ भनेर लिमिट राखेर बैंकले दिने गर्छ । धेरै मूल्यको सामान किन्नु तर पैसा छैन भने इएमआईमा कन्भर्ट गरेर प्रयोग गरेर सकिन्छ ।

क्रेडिट कार्डको मेकानिजम यहाँ मात्र नभई विश्वका धेरै बैंकमा उस्तै हुन्छ । सरल प्रक्रियाबाट न्यूनतम ब्याजदरमा बैंकले सेवा दिइरहेको छ ।

सिटिजन्स हरेक विषयमा शुल्कदेखि सेवासम्म अब्बल छ । ग्राहकलाई सहज सेवा दिनु आवश्यक सेवा सुविधाहरू उपलब्ध गराउँदै जानु सिटिजन्स बैंकको उद्देश्य हो । हामीले ग्राहक मैत्री बजेटमा क्रेडिट कार्ड उपलब्ध गराइ रहेका छौं । बैंकले क्रेडिट कार्डको सेवा दिएबापत वार्षिक रूपमा साढे ७ सय रुपैयाँ शुल्क पनि लिन्छ । ग्राहकमैत्री भएकाले सिटिजन्सको कार्ड लिन लागि धेरै जना इच्छुक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्