नेपालको शिक्षा व्यवहारिक छैन– ऐश्वर्या रानी सिंह « Drishti News – Nepalese News Portal
Logo

नेपालको शिक्षा व्यवहारिक छैन– ऐश्वर्या रानी सिंह


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भन्दै आइरहेका छन्, ‘नेपालको शिक्षा व्यवहारिक छैन । युवालाई स्वरोजगार बन्न सक्ने शिक्षाको आवश्यक छ ।’ युवा शिक्षा अभियानकर्ता ऐश्वर्या रानी सिंहको भनाइ ठ्याक्कै यस्तै छ । ७ वर्षयता शैक्षिक अभियानमा सक्रिय २६ वर्षीया ऐश्वार्याले अहिलेसम्म एक हजारभन्दा बढी युवालाई व्यहारिक शिक्षा प्रदान गरिसकेकी छन् । ऐश्वर्याले लञ्च गरेको शिक्षा पद्दती नेशनल कलेज धुम्बाराहीमा ब्याचुलरका विद्यार्थीलाई अध्यापन गराइन्छ । ऐश्वर्या भन्छिन्, ‘मलाई पुस्तक अध्ययनमा भन्दा कोर्ष ट्रेनिङमा विश्वास लाग्छ । शैक्षिक अभियानमा लागेको थोरै समयमै ‘नेपाल विद्या भूषण पदक–२०१७’, ‘नेपाल छात्रा विद्या पदक’जस्ता राष्ट्रिय सम्मान पाइसकेकी ऐश्वर्याले अमेरिकाको हार्वड विश्वविद्यालयको शिक्षा पद्दतीबारे अध्ययन गरेर यहाँको शिक्षाको स्तर बढाउने लक्ष्य लिएकी छन् । युवा शैक्षिक अभियानकर्ता ऐश्वर्या रानी सिंहसँग एमपी सुब्बाको जम्काभेट :


हिजोआज के गर्दै हुनुहन्छ ?

शैक्षिक अभियानकर्ता

भर्खरै मास्टर ज्वाइन गरेकी छु । साथै, मैले जुन शिक्षा नेशनल कलेजमा लञ्च (क्रियट) गरेकी थिएँ, त्यो त्यहाँ लागू भइसकेको छ । नेशनल कजेज काठमाडौं युनिभर्सिटीअन्र्तगत मान्यताप्राप्त कलेज हो । अब त्यो कोर्ष अन्य कलेजहरुमा पनि लागू गर्ने सोचले अगाडि बढेकी छु ।


तपाइँले लञ्च गर्नुभएको शिक्षा पद्दतीभित्र के–के पर्छ ?
यो एउटा कोर्ष हो । जसमा क्रिटिकल, रिडिङ, राईटिङ, सर्भिङ, प्रोजेक्ट मेनेजमेन्ट, रिसर्च एण्ड स्किल र प्राटिक्कललगायत पर्छ । र, यसमा एकेडेमिक लाइफमा चाहिने शफ्ट एण्ड लाइफ स्किल सबै पर्छ ।


यो कोर्षमात्र हो कि पाठ्यक्रमकै रुपमा पढाइन्छ ?
नेशलन कलेजमा ब्याचलरका विद्यार्थीहरुलाई पाठ्यक्रमकै रुपमा पढाइन्छ । सुरुमा यो विषयमा मैले नै १३३ जना विद्यार्थीलाई पढाएकी थिएँ । सुरुमा टे«निङकै रुपमा विकास गरेको हो । तर, अहिले ५० अंकको मार्कमा यो विषय पनि समावेश हुन्छ ।


ती विषय कसरी क्रियट गर्नुभयो, तपाइँले यसबारे अध्ययन गर्नुभयो ?
मैले आफैले क्रियट गरेकी हुँ । मैले सेण्ट मेरिज उच्च माविमा पढेकी हुँ । १० कक्षामा पढ्दा म सेण्ट मेरिजको हेड गर्ल थिएँ । त्यतिखेरै ममा नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । त्यतिखेरै स्किल डेभलपबारे सोचेकी हुँ । मैले २०१६ मा ब्याचलर क्लियर गरेपछि सेण्ट मेरिजमा मेरै नाममा ‘ऐश्वर्या स्कलरशीप फण्ड’ स्थापना भयो । अहिले उक्त फण्डबाट हरेक वर्ष गरिब, जेहेन्दार तथा असहाय एक जना १० कक्षाको छात्रालाई स्कलरशीप प्रदान गरिँदै आएको छ ।


तपाइँ शैक्षिक अभियानकर्तासँगै शोसल वर्करका रुपमा पनि चिनिनुहुन्छ । शोसल क्षेत्रमा के काम गर्नु हुन्छ ?
शिक्षामार्फत समाजसेवा गर्छु । शोसल वर्किङमा लागेको त ११ वर्ष भयो । कक्षा ८ मा पढ्दै ‘शोसल सर्भिस क्लव’ स्थापना गरेर सामाजिक सेवा गर्न थालेकी हुँ । त्यतिखेर १३ वर्षकी थिएँ । तर, शिक्षा अभियानमा लागेको ७ वर्षमात्र हुँदैछ । १२ कक्षामा अध्ययन गर्दै गर्दा म ‘वुमेन लिड नेपाल’को फाउण्डिङ बोर्ड सदस्य (सह–सचिव) बनेँ । र, २०१४ मा उक्त संस्थाको बोर्ड अध्यक्ष भएँ ।

मलाई पटक्कै ठीक लाग्दैन । यहाँ पढेर, डिग्री गरेर पनि जागिर पाइँदैन । अर्को कुरा हाम्रो नेपालमा शिक्षा समान छैन । हेरौँ न, सरकारी र नीजि स्कुल कति फरक छ । त्यसैले नेपालको शिक्षा पद्दती मलाई ठीक लाग्दैन । मलाई पाठ्यक्रममा भन्दा कोर्ष टे«निङमा विश्वास लाग्छ । जसले आफू सक्षम र स्वरोजगार बन्न पनि सक्छ । मेरो सोच भनेको शिक्षा सबैमा समान हुनुपर्छ भन्ने हो ।


‘वुमेन लिड नेपाल’ले चाहिँ के काम गर्छ ?
यो संस्थाले हाइस्कुल पढ्ने नेपालभरीका छात्राहरुलाई लिडरशीपबारे ट्रेनिङ दिन्छ । यो ट्रेनिङ आवश्यक छ यहाँ । यो टे«निङ लिएपछि महिलामा आत्मविश्वास बढ्छ । नेपाली समाजमा महिलाहरु आफ्नै परिवारबाट समेत हेपिएको र हिंसामा परिरहेका छन् । तर, यो ट्रेनिङ दिएपछि उनीहरुमा आफूमा भएको खुबी देखाउन सक्छन् र हेपिनु, पेलिनु र हिंसाबाट बच्न सक्छन् ।


अहिलेसम्म कति युवालाई ट्रेनिङ दिनुभयो ?
एक हजारभन्दा बढी युवालाई ट्रेनिङ दिइसकेकी छु । लाइफ स्किल, प्राटिक्कल स्किल, लिडरशीप स्किललगाययतमा टे«निङ दिएकी छु । उनीहरुको जीवनमा धेरै चेञ्ज पनि भएको पाएकी छु । यो मेरो जीवनमा अहिलेसम्मको ठूलो सफलता पनि हो । खुसी छु ।


शैक्षिक अभियानकर्ताका रुपमा सक्रिय हुनुहुन्छ । तपाइँलाई नेपालको शिक्षा पद्दती कस्तो लाग्छ ?
मलाई पटक्कै ठीक लाग्दैन । यहाँ पढेर, डिग्री गरेर पनि जागिर पाइँदैन । अर्को कुरा हाम्रो नेपालमा शिक्षा समान छैन । हेरौँ न, सरकारी र नीजि स्कुल कति फरक छ । त्यसैले नेपालको शिक्षा पद्दती मलाई ठीक लाग्दैन । मलाई पाठ्यक्रममा भन्दा कोर्ष टे«निङमा विश्वास लाग्छ । जसले आफू सक्षम र स्वरोजगार बन्न पनि सक्छ । मेरो सोच भनेको शिक्षा सबैमा समान हुनुपर्छ भन्ने हो ।


नेपाली युवा उच्च शिक्षाका लागि विदेश जानुको कारण यही हो ?
हो । नेपालको शिक्षा व्यवहारिक छैन । यहाँ पढेर सर्टिफिकेट मात्र लिएर के गर्नु ? जागिर पाइँदैन । त्यसैले धेरैजसो युवा उच्च शिक्षाको लागि विदेश जानु परेको छ । यो समस्या राज्यले पनि बुझ्न आवश्यक छ किनकि शिक्षाकै नाममा नेपालको कति पैसा विदेशिरहेको छ । त्यसैले नेपालको शिक्षा पद्दतीलाई सुधार गर्दै जानु आवश्यक छ ।


तपाइँको लक्ष्य र उद्देश्यचाहिँ के हो ?
नेपालको कमजोरीमध्ये शिक्षा क्षेत्र पनि हो । त्यसैले म यहाँ मास्टर डिग्री सकेर अमेरिकाको हार्वड विश्व विद्यालयमा डबल मास्टर अध्ययन गर्ने लक्ष्य लिएकी छु । मैले त्यहाँ अध्ययन गर्नुको कारण त्यहाँको शिक्षा पद्दतीबारे अध्ययन गर्नु हो । जसलाई सिकेर नेपालको शिक्षामा स्तर बढाउने उद्देश्य लिएकी छु ।

दृष्टि साप्ताहिकमा आज मंगलबार प्रकाशित यसै अन्तवार्तामा ब्याचुलरका विद्यार्थी तथा १३ वर्षको उमेरमा हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ : स.

प्रतिक्रिया दिनुहोस्