Logo
Logo

पुटिनको वार्ता प्रस्तावबीच ट्रम्प प्रशासनद्वारा युक्रेनलाई ठुलो सैन्य सहायता


4.4k
Shares

काठमाडौं । युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको सङ्केत दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । तीन वर्षभन्दा लामो समयदेखि जारी यस द्वन्द्वको समाधानतर्फ आशा देखिँदै गर्दा अमेरिकाले गरेको पछिल्लो कदमले भने शान्ति प्रक्रियामा थप अवरोध आउने सङ्केत देखिएको छ ।

न्युयोर्क टाइम्सले कंग्रेसनल स्रोतलाई उद्धृत गर्दै जनाएको अनुसार अमेरिकी ट्रम्प प्रशासनले जर्मनीको भण्डारबाट युक्रेनलाई १०० वटा प्याट्रियट हवाई रक्षा मिसाइल र १२५ वटा लामो दूरीका तोपखाना रकेट उपलब्ध गराउने अनुमोदन दिएको छ ।

यो निर्णयसँगै अमेरिका युद्ध अन्त्यका प्रयासहरूलाई धक्का दिने अवस्थामा पुगेको विश्लेषण गरिएको छ । विशेष गरी शान्ति वार्ता अघि बढाउने आशा व्यक्त भइरहेका बेला आएको यो कदमले परिस्थितिलाई थप जटिल बनाउन सक्छ ।

जेलेन्स्कीको माग र अमेरिकी सहयोग

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगतदेखि नै लामो दूरीका क्षेप्यास्त्र र प्याट्रियट प्रणालीको माग गर्दै आएका थिए । उनले हालै किभ अमेरिकी हतियारमा ३० देखि ५० अर्ब डलर खर्च गर्न तयार रहेको र उत्पादन इजाजतपत्रसमेत लिन इच्छुक रहेको बताएका थिए ।

प्रत्येक प्याट्रियट युनिटको लागत १ अर्ब डलरभन्दा बढी पर्छ भने यसको सञ्चालनका लागि करिब ९० जना कर्मचारी आवश्यक पर्छन् ।

ट्रम्पको मोड

जनवरीमा पुनः ह्वाइट हाउस फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि कुनै नयाँ सैन्य सहायता स्वीकृत गरेका थिएनन् । युक्रेनले बाइडेन प्रशासनको प्राप्त गरेका अधिकांश हतियारहरू प्रयोग भइसकेको जनाइएको छ ।

सुरुमा युरोपेली राष्ट्रहरूबाट सहयोग लिइरहेको युक्रेन अब अमेरिकी सैन्य सहायता पुनः प्राप्त गर्ने स्थितिमा पुगेको छ । ट्रम्पले लामो समयदेखि युक्रेनलाई हतियार आपूर्ति गर्न रुचि नदेखाए पनि अहिले रुसी वार्ता प्रस्तावको बीचमै उनले १०० प्याट्रियट मिसाइल र १२५ लामो दूरीका तोपखाना आपूर्तिको स्वीकृति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्