काठमाडौं । इजरेलले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योअभ गालान्टविरुद्ध जारी गिरफ्तारी वारेन्ट फिर्ता लिन अनुरोध गरेको छ ।

इजरेलले गाजा युद्धसम्बन्धी कथित अपराधहरूको अनुसन्धान स्थगन गर्न पनि माग गरेको हो । मे ९ मा दायर कागजातमा इजरेलली उपमहान्यायाधीवक्ता गिलाड नोआमले हस्ताक्षर गरेका छन् । गत नोभेम्बर २१ मा आईसीसीले नेतान्याहू, गालान्ट र हमास नेता इब्राहिम अल–मसरीविरुद्ध युद्ध अपराध र मानवताविरुद्धका अपराधका लागि वारेन्ट जारी गरेको थियो ।
आईसीसीले फेब्रुअरीमा मोहम्मद डेइफको रूपमा चिनिने अल–मसरीको मृत्यु भएको विश्वसनीय रिपोर्टहरू प्राप्त भएपछि उनको गिरफ्तारी वारेन्ट फिर्ता लिइएको जनाएको थियो ।










