निरन्तरता पाउलान् कुलमानले ?


Published On : 28 July, 2020

काठमाडौं, १३ साउन । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको चार वर्ष पुग्न लागेको छ । आगामी भदौमा उनको चार वर्षे कार्यकाल सकिंदैछ । तर स्वदेश र विदेशका केही जलमाफिया र दलाल पूँजीपतिहरु उनलाई पुनःनियुक्त हुन नदिन ज्यान फालेर लागिपरेका छन् । उनले आप्mनो कार्यकालमा के कस्ता उपलब्धि हासिल गरे, आज सारा जनताले देखेकै छन् ।

तर, पनि दलाल पूँजीपतिका लागि बाधक बनेका घिसिङको प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो मूल्यांकन गर्नुपर्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ गफले बन्दैन । ‘समृद्ध नेपाल’ बनाउन घिसिङजस्ता इमान्दार र क्षमतावान कर्मचारीको पनि खाँचो पर्छ । दशौँ वर्षदेखि घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा ल्याउने मात्र होइन, प्राधिकरणभित्र शून्य सहनशीलता र सुशासन कायम गर्नमा पनि उनको ठूलो हात छ । उनी आफू इमान्दार भएकै कारण उनीमाथि विभागीय मन्त्रीलेसमेत औँला ठड्याउन सकेका छैनन् । चाकरी नगर्ने, काम गर्ने उनको स्वभावलाई कमजोरी ठानियो भने देशले ठूलै मूल्य चुकाउनुपर्ने छ ।

‘समृद्ध नेपाल’ बनाउन घिसिङजस्ता इमान्दार र क्षमतावान कर्मचारीको पनि खाँचो पर्छ । दशौँ वर्षदेखि घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा ल्याउने मात्र होइन, प्राधिकरणभित्र शून्य सहनशीलता र सुशासन कायम गर्नमा पनि उनको ठूलो हात छ । उनी आफू इमान्दार भएकै कारण उनीमाथि विभागीय मन्त्रीलेसमेत औँला ठड्याउन सकेका छैनन् । चाकरी नगर्ने, काम गर्ने उनको स्वभावलाई कमजोरी ठानियो भने देशले ठूलै मूल्य चुकाउनुपर्ने छ ।

उनले जिम्मेवारी सम्हाल्दा बर्खामा समेत ८ घण्टाको लोडसेडिङ थियो र करिब ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा प्राधिकरण चलिरहेको थियो । लोकसेडिङ अन्त्य हुनुअघि डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेका उद्योगले अझैसम्म दश अर्ब रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ । घिसिङको कार्यकाल थपिने हो कि भन्ने डर यिनमा छ । त्यसमाथि दीपक भट्टजस्ता जलमाफिया दिनरात बालुवाटार छिर्ने गर्छन् । कतै माफियाहरुको गलत सल्लाहले घिसिङको पुनःनियुक्ति नहुने हो कि भन्ने चिन्ता प्राधिकरणका कर्मचारीहरुमा पनि छ ।

उनले जिम्मेवारी सम्हाल्नुअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट थियो । हाल करिव २४५ युनिट पुगेको छ । विभिन्न कारणले रुग्ण बनेका जलविद्युत उत्पादन, प्रसारण र वितरणका आयोजनाहरु निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३÷७४ मा रु १ अर्ब ४७ करोड, आ व ०७४÷७५ मा रु २ अर्ब ८५ करोड र आव ०७५÷७६ मा रु ७ अर्ब २० करोड खुद नाफा आर्जन सफल भएको प्राधिकरण स्रोतले बताएको छ । तर पनि प्रधानमन्त्री ओलीलाई प्राधिकरणको यो सफलता उनले सुनाउन पाएका छैनन् । सचिवालयको सानो घेराले उनको कुरा प्रधानमन्त्रीको कानसम्म पुग्न सकेको छैन ।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि २०७२÷७३ मा रु.३४ अर्ब ६१ करोड संचित रहेको नोक्सानी घटाउँदै आव ०७३÷७४मा २८ अर्ब १७ करोड, त्यसपछि २५ अर्ब ५९ करोड र आव ०७५÷७६मा रु १५ अर्ब २२ करोडमा झरेको थियो । प्राधिकरणको वित्तीय स्वास्थ्य मात्र होइन, विभिन्न समस्या झेल्दै अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ‘ए’ जलविद्युत आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न भए । झन्डै एक दशकदेखि रुग्ण रहेको १४ मेगावाटको कुलेखानी तेस्रो पनि कुलमानले नै सम्पन्न गराए । यो अवधिमा प्राधिकरणको १०४ मेगावाट र नीजि उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा आएका छन् । नेकपाको घोषणापत्रलाई पछ्याउँदै जलविद्युत्को क्षेत्रमा उत्साहजनक प्रगति भएको छ ।

त्यस्तै, भूकम्पपछि बन्द अवस्थामा रहेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) पनि अन्तिम चरणमा पुगेको छ । प्राधिकरणकै सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् । बहुचर्चित १०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पु¥याई वित्तीय व्यववस्थापनको आवश्यक कार्य पनि अघि बढेको छ । विद्युत् उत्पादनको क्षेत्रमा यसरी प्रगति हुनुको पछाडि ऊर्जामन्त्री वर्षमान पुनको पनि उनलाई साथ छ ।

प्रसारण लाइनतर्पm आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको संजाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको छ ।

लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएका छन् । ढल्केवार २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालू भए । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइृनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारवीच विद्युत आदान प्रदानको क्षमता विस्तार गरी विद्युत प्रसारण सुनिश्चित भएका छन् ।

विद्युतीकरणतर्पm तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको छ । गार्हस्थ, सामुदायिक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५ लाख पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको मात्र होइन, मुलुककै टाउको दुखाइको विषय बनेको चुहावट पनि कुलमानकै पालामा आएर उल्लेखनीय घट्यो ।

तीन वर्ष अगाडि कूल २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा झार्न सफल भयो । तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको थियो । यसलाई निरन्तरता दिन पनि घिसिङको निरन्तरता जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्