Logo
Logo

अमेरिकाको दुई राज्यमा आँधीको विनाश : २१ जनाको मृत्यु, हजारौँ घरमा क्षति


1.2k
Shares

काठमाडौं । अमेरिकाको केन्टकी र मिसौरी राज्यमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । केन्टकीका अधिकारीहरूले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने मिसौरीमा ७ जनाको ज्यान गएको छ ।  जसमा, सेन्ट लुइस सहरका ५ जना रहेका छन् । 

शनिबार बिहान केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लरेल काउन्टीमा आँधीले ठुलो क्षति पुर्‍याएको हो । मिसौरीमा शुक्रवार आएको आँधीले ५ हजारभन्दा बढी भवनमा क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन् । आँधीका कारण घरका छाना उड्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सेन्ट लुइसमा मात्रै बिजुली कटौतीका कारण करिब एक लाख घर प्रभावित भएका छन् । 

अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । अग्नि नियन्त्रण विभागले सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरघरमा गएर क्षतिको निरीक्षण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्