
काठमाडौं । पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ चलाइरहेको भारतले ड्रोन, गोला र बारुद किन्ने निर्णय
गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रक्षा बलले ४० करोड रुपैयाँमा हतियार र गोला बारुद किन्ने भएको हो ।
भारतले आपतकालीन शक्ति अन्तर्गत निगरानी ड्रोन, अत्याधुनिक घातक ड्रोन, लामो दूरीको प्रहार हतियार, तोपखानाका लागि गोला बारुद, विभिन्न प्रकारका वायु रक्षा प्रणाली र मिसाइल र रकेट जस्ता उपकरण खरिद गर्न लागेको हो ।
हालै बसेको रक्षा अधिग्रहण परिषदको बैठकले आपतकालीन अधिकार अन्तर्गत ती हतियार खरिद गर्न भारतीय सेनालाई स्वीकृति दिएको हो ।










