Logo
Logo

ब्रुकलिन ब्रिजमा जहाज ठोक्किँदा दुईको मृत्यु


378
Shares

काठमाडौं ।  न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ‘कुउहाटेमोक’ ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मेयर एरिक एडम्सका अनुसार, शनिबार राति भएको दुर्घटनामा जहाजमा सवार २७७ मध्ये दुई जना गम्भीर र १९ जना सामान्य घाइते भएका छन् । 

जहाजले पुलको खम्बा ठोक्किँदा तीन वटै मस्तुल भाँचिएका थिए । अनलाइन भिडियोमा जहाजको पाल र उत्सवबत्ती लत्रिएको देखिन्छ । प्रहरी प्रमुख विल्सन अरामबोलेले जहाजले शक्ति गुमाउँदा दुर्घटना भएको बताए । मेक्सिकन नौसेनाले कोही पानीमा नपरेको र जहाजको उद्धार चाँडै गरिने जनाएको छ । 

न्यूयोर्कको यातायात विभागले पुलमा संरचनात्मक क्षति नभएको तर निरीक्षण जारी रहेको बताएको छ । दुर्घटनापछि ब्रुकलिनबाट म्यानहटन जाने बाटो ४० मिनेट बन्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस्