
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवैै प्रहरी सङ्गठनका प्रमुखले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याल र प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् ।
सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौवाजीले छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिए । त्यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताए । छत्याल र शेर्पाले हालै सगरमाथाको सफल आरोहण गरेका थिए ।











