Logo
Logo

राजेशपायल र मेचुले गाए फिल्म ‘परिवर्तन’को गीत, सकियो रेकर्डिङ


7.7k
Shares

काठमाडौं । नेपाली फिल्म ‘परिवर्तन’को गीत रेकर्डिङ सम्पन्न भएको छ । यो फिल्मको गीत लोकप्रिय गायक एवं मेगास्टार राजेशपायल राईको अनामनगरस्थित ‘सायारेम स्टुडियो’मा गरिएको छ ।

गीत रेकर्डिङपछि सायारेम स्टुडियोमा राजेशपायल र उत्तमजंग लावती ।

फिल्म ‘परिवर्तन’को ‘मेचीकाली हात मेरो, सगरमाथा शिर’ बोलको शीर्ष गीत शुक्रबार सायारेम स्टुडियोमै ‘राई ईज किङ’ राजेपायल र पछिल्लो समयकी चर्चित गायिका मेचु धिमालको स्वरमा रेकर्ड गरिएको हो । यससँगै फिल्म ‘परिवर्तन’को गीत रेकर्डिङ सम्पन्न भएको निर्माण पक्षले जनाएको हो ।

राजेशपायल र मेचुले गाएको ‘मेचीकाली हात मेरो, सगरमाथा शिर’ बोलको यस गीतका शब्दरचना निर्देशक विजय केरुङको रहेको छ भने संगीत गायक समेत रहेका उत्तमजंग लावती लिम्बूले गरेका हुन् ।

यो फिल्मलाई विजय केरुङले निर्देशन गरिरहेका छन् । देशको सीमा एवं राष्ट्रभावनामा आधारित यो फिल्म हाल पूर्वी नेपालमा छायाँकन भइरहेको छ । निर्देशक केरुङले फिल्म ‘परिवर्तन’को छायाँकन झापाको केचन, विर्तामोड लगायत सीमा क्षेत्रमा भइरहेको बताए ।

लामो समय फिल्म क्षेत्रबाट ओझेल भएका निर्देशक केरुङ ‘परिवर्तन’मार्फत फिल्म क्षेत्रमा कम्ब्याक हुन लागेका हुन् । यसअघि उनले ‘आमाको काख’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्