Logo
Logo

कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित 


315
Shares

विराटनगर । कोशी प्रदेश सभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आइतबारको बैठकमा बहुमतले पारित गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेको उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा पारित भएको घोषणा गरे ।

कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को दुईतिहाइ बहुमतको गठबन्धन सरकार छ । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले यो कार्यक्रम प्रदेशको दीर्घकालीन हितलाई समेटेर तयार गरिएको दाबी गरे । “कतिपय नीति सर्वकालिक हुन्छन्, कतिपय परिवर्तन हुन्छन् । हामीले विगतभन्दा फरक र संक्षिप्त ढङ्गले सबै विषय समेटेर महत्त्वपूर्ण कार्यक्रमलाई सङ्घ र अन्य क्षेत्रसँग सहकार्य गर्ने नीति बनाएका छौँ,” उनले भने ।

नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्री र राष्ट्र प्रमुखको घरलाई संरक्षण गर्ने विषय समेटिएको छ । यसबारे प्रश्न उठेपछि कार्कीले ती घरलाई प्रदेशले सङ्ग्रहालयका रूपमा विकास गर्ने स्पष्ट पारे । “यो नीति समग्रमा उत्कृष्ट छ र कोशी प्रदेशलाई प्रतिस्पर्धामा श्रेष्ठ बनाउन सक्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्