काठमाडौं । ‘न्याउलीसँगै रुन्छ मन’, ‘लाहुरे युकेको’, ‘ठूली’ जस्ता दर्जनभन्दा बढी चर्चित गीतकी गायिका पवित्रा सर्तुगी मगरको नयाँ गीत ‘ए कान्छा’ यतिखेर चर्चामा रहेको छ ।

हालैमात्र सार्वजनिक गरिएको यो गीत तथा भिडियोलाई युट्युबका दर्शकले औधी रुचाएका छन् । धेरै जसोले गायिका पवित्राको स्वर र संगीतको खुलेर तारिफ गरेका छन् । भिडियो हेर्ने दर्शकले कमेन्ट गर्दै लेखेका छन्, ‘आहा कति राम्रो गीत ।’
गायिका पवित्रा मगरकै अफिसियल युट्युब च्यानल ‘पवित्रा मगर’बाट सार्वजनिक गरिएको यस गीतमा शब्द र संगीत गायिका सयंमको रहेको छ ।
गाउँले परिवेशको प्रेमकथा चित्रण गरिएको यस गीतको भिडियोमा सरोज प्रजा र कृष्णा राना मगरले अभिनय गरेका छन् । यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा मौसम बेग्लै किसिमको छाप बनाएका छन् । यस भिडियोलाई पनि उनले कथानक बनाएका छन् ।
गायिका पवित्राको माधुर्य स्वर तथा संगीत, निर्देशक मौसमको कथानक प्रस्तुती र मोडलद्वयको सुहाउँदो केमेष्ट्रिले ‘ए कान्छा’ गीतको यो भिडियो उत्कृष्ट बनेको छ । विवेक विकको सिनेग्राफी तथा नविन घर्ती मगरको सम्पादन एवं कलरिङ रहेको यस भिडियोलाई एड्भेन्चर इन्टरटेनमेन्टमार्फत निर्माण गरिएको हो ।