Logo
Logo

युक्रेनमाथि रुसको आक्रमणपछि डोनाल्ड ट्रम्प आक्रोशित


1.9k
Shares

काठमाडौं ।  रुसले युक्रेनमाथि गरेको हवाई आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आक्रोश व्यक्त गरेका छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रामक बन्दै ट्रम्पले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘जब युक्रेनी नागरिकहरू लगातार तेस्रो रात रुसी हवाई आक्रमणका कारण निद्राबाट वञ्चित भए, उनीहरूले घण्टौँसम्म ड्रोनको गुन्जन र युक्रेनी वायु प्रतिरक्षा प्रणालीको विस्फोट सुने ।’ रोयटर्सका अनुसार, युक्रेनी वायु सेनाले रुसले रातभरि ३५५ ड्रोन र ९ क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ । यो युद्धकालको सबैभन्दा ठुलो ड्रोन आक्रमण भएको युक्रेनी वायु सेना प्रवक्ताले बताएका छन् ।

ट्रम्पले पुटिनमाथि आरोप लगाउँदै लेखे,’पुटिनलाई युक्रेनको एक हिस्सा होइन, सम्पूर्ण युक्रेन चाहिएको छ । यदि उनले यस्तो गरे भने उनी पतनतर्फ जानेछन् ।’ ट्रम्पले युक्रेनी राष्ट्रपतिप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले लेखे, ‘उनी आफ्नो शैलीले देशको हित गरिरहेका छैनन् । उनको बोलीले समस्या निम्त्याइरहेको छ, जुन मलाई मन पर्दैन । यो रोकिनुपर्छ ।’

युक्रेनी सेनाका अनुसार, रुसको तेस्रो हवाई आक्रमणले पाँच स्थानलाई निशाना बनाएको छ, तर सैन्य संरचनामा भएको क्षतिको विवरण अझै प्राप्त भएको छैन । युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले पश्चिमी युक्रेनका आवासीय र औद्योगिक संरचनाहरूमा क्षति पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्