
एजेन्सी । भारतीय राज्य हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत अवस्थामा भेटिएका छन् । सोमबार राति करिब राति ११ बजेतिर पञ्चकुलाको सेक्टर २७ मा उक्त घटना भएको हो ।
ञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले देहरादुनवासी एक दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य कारभित्र मृत अवस्थामा फेला परेका जानकारी दिएकी छन् ।
उनले घटना आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन् ।










