Logo
Logo

बङ्गलादेशको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएपछि इस्लामी नेता रिहा


945
Shares

काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाएको छ । बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अजहर इस्लामलाई सुनाएको मृत्युदण्डको सजायलाई उल्ट्याउँदै सर्वोच्चले तत्काल रिहा गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सात सदस्यीय पुनरावेदन इजलासले उनको मृत्युदण्ड उल्ट्याएर रिहा गर्ने आदेश दिएको हो । यो इजलासको नेतृत्व बङ्गलादेशका प्रधानन्यायाधीश डा। सैयद रिफत अहमदले गरेका थिए । यदि अजहर इस्लामविरुद्ध अन्य कुनै मुद्दा छैन भने उनलाई तुरुन्तै रिहा गरिनुपर्छ भनेको खबरमा उल्लेख छ ।

अजहर इस्लामले दोषी ठहरविरुद्ध पुनरावेदन गरेकोमा पुनरावेदन महाशाखाले सन् २०१९ को अक्टोबर ३१ मा न्यायाधिकरणले तोकेको सजायलाई कायम राखेको थियो । त्यसपछि सन् २०२० को जुलाई १९ मा उनले पुनरावेदन महाशाखाको सम्बन्धित शाखामा पुनरावलोकन निवेदन दायर गरेका थिए । यो निवेदनमा सर्वोच्चले आज सुनुवाइ गरेको हो ।

सर्वोच्चको फैसलालाई लिएर जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अमिर शफिकर रहमानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यायको विजय भएको भन्नुभएको छ । यो फैसलाले सत्यलाई दबाउन सकिँदैन भन्ने प्रमाणित गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्