Logo
Logo

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पको सङ्केत


756
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको सङ्केत गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लेटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको सङ्केत गरेका हुन् ।

The current image has no alternative text. The file name is: Trump-xi.jpg

जेनेभामा उच्च अधिकारीबिच भएको वार्तापछि विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकले एकअर्कामाथि लगाएको उच्च करलाई अस्थायी रूपमा घटाउन यसै महिना सहमति भएका  थिए । शुक्रवार ट्रम्पले लेखेका छन्, “चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रूपमा उल्लङ्घन गरेको छ ।”

पोस्टको बारेमा सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले सीएनबीसीसँग भने, “बेइजिङले ‘महत्त्वपूर्ण खनिजहरू जस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको’ छ ।

उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापार घाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठुलो परिवर्तन नदेखेको बताए ।बिहीबार बेसेन्टले ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी चिनफिङ यस परिस्थितिबारे कुराकानी गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्