Logo
Logo

थप प्रहरीहरु छानबिनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । सुन तस्करलाई भगाएको अभियोगमा केही दुई प्रहरी थुनामा छन् । सोही प्रकरणमा दरबारमार्ग वृत्तका इन्चार्ज रञ्जन दाहालको सरुवा भयो । उपत्यकाका अन्य वृत्तका इन्चार्जहरु पनि यतिबेला पदीय मर्यादाविपरीतको गतिविधिको आरोपमा छानबिनमा छन् ।

महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार कालिमाटी वृत्तका डिएसपी रुगम कुँवर र स्वयम्भु वृत्तका निरञ्जन भट्ट फिल्ममा खटिएका थिए । तर, भिडियो लिक गर्ने काम भने महानगरीय अपराध महाशाखाका प्रहरीले गरेको स्रोत बताउँछ । महाशाखाका सिनियर प्रहरी अधिकारीले नै पदीय मर्यादाविपरीतको काम गरेका थिए । आफुहरुले काम गरेको देखाउन उनीहरुले यस्तो गरेका हुन् । एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति नै बनाइएको छ ।

दुई साताअघि सीतापाइलामा एक युवतीमाथि एसिड प्रहारको घटनाको अनुसन्धानका गोप्य कुराहरु लिक गराएको भन्दै उनीहरुमाथि छानबिन सुरु भएको छ । सुरुमा सो क्षेत्रको सिसिटिभी फुृटेल लिक गराइएको थियो । त्यस्तै एक अभियुक्त पक्राउ परेलगत्तै उनीसँगको सोधपुछको भिडियो सार्वजनिक गरियो । यस्तो गतिविधिले अनुसन्धान प्रभावित हुने भन्दै छानबिन थालिएको महानगरीय प्रहरी कार्यालय स्रोत बताउँछ । दरबारमार्ग वृत्तको घटनापछि महानगरीय प्रहरी कार्यालयले सबै वृत्तका डिएसपीलाई कार्यशैली सुधार गर्न निर्देशन दिएको छ ।

उता महिलासँगको लफडामा फसेका एसएसपी सौरभ राणा ६ महिनापछि जागिरमा फर्किएका छन् । सुनसरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि उनी पक्राउ समेत परेका थिए । पछि उजुरी झुटो भएको खुलेपछि छुटेकोमा विभागीय कारबाही गरेर गृह मन्त्रालयले उनको निलम्बन फुकुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्