Logo
Logo

पाकिस्तानले ६ लडाकू विमान खसालेकै हो, के भन्छन् भारतीय सेनाका जनरल चौहान ?


6.8k
Shares

काठमाडौं । भारती सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले पाकिस्तानसँग गत महिना चार दिनसम्म भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान खसालिएको दाबीबारे बोलेका छन् ।

शनिबार सिंगापुरमा ब्लूमबर्ग टिभीलाई अन्तर्वार्ता दिँदै जनरल चौहानले भनेका छन्, ‘विमान खसालियो कि खसालिएन भन्ने भन्दा पनि त्यो किन भयो भन्ने कुरा महत्वपूर्ण हो ।’ उनको यो भनाइले पाकिस्तानले लडाकू विमान खसालेको दावीलाई पुष्टि गर्छ । तर, उनले भारतका ६ वटा विमानमा क्षति पु¥याएको दाबीलाई भने पूर्णतः अस्वीकार गरे ।

ब्लूमबर्ग टिभीकी पत्रकारको एक प्रश्नमा उनले भने, ‘मलाई लाग्छ मुख्य कुरा यो होइन कि जेट खसालिए, तर त्यो किन खसालिए भन्ने हो ।’ जनरल चौहान आयोजित सांग्रिला संवादमा सहभागी हुन सिंगापुरमा छन्, त्यहीँ उनले ब्लूमबर्गलाई यो अन्तर्वार्ता दिएका हुन् । चौहानको अन्तर्वार्तालाई अमेरिकी मिडिया सीएनएनले प्राथिमिकताका साथ प्रसारण गरेको छ ।

अन्तर्वार्तामा ब्लूमबर्ग टिभीकी पत्रकारले जनरल चौहानलाई सोध्छन्– ‘पाकिस्तानले भारतीय वायुसेनाका एकभन्दा बढी विमान खसालेको दाबी गरेको छ, के तपाईं त्यसको पुष्टि गर्न सक्नुहुन्छ ? जवाफमा जनरल चौहान भन्छन्, ‘महत्वपूर्ण कुरा यो होइन कि विमान खस्यो कि खसेन, महत्वपूर्ण कुरा यो हो कि त्यो किन भयो ।’

लगत्तै पत्रकारले अर्को प्रश्न गर्छिन्, कम्तीमा एक विमान त खसेको थियो, के यो सही हो ? जनरल चौहानले भने, ‘राम्रो कुरा यो हो कि हामीले आफ्ना रणनीति गल्तीहरू बुझ्यौँ, सुधा¥यौँ र दुई दिनमै लागू पनि ग¥यौँ । त्यसपछि हामीले सबै विमान उडायौँ र लामो दूरीका लक्ष्यहरूमा प्रहार ग¥यौँ ।’

पत्रकारले पुनः प्रश्न गर्छिन्, ‘पाकिस्तानको दाबी छ कि उसले भारतका ६ वटा लडाकु विमान खसाल्न सफल भएको थियो, के त्यो मूल्यांकन सही हो ?’ जवाफमा जनरल चौहानले भने, ‘त्यो पूर्ण रूपमा गलत हो । तर जस्तो मैले भने, यो जानकारी खासै महत्त्वपूर्ण छैन । महत्त्वपूर्ण कुरा के हो भने विमान किन खसे र त्यसपछि हामीले के ग¥यौँ । त्यो नै हाम्रो लागि महत्वपूर्ण छ ।’

जम्मू काश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अभियान अन्तर्गत ७ मेको दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय फाइटर जेट खसालेको जानकारी संसदलाई गराएका थिए । उनले भनेका थिए, ‘हामीले भारतको हमलाको जवाफमा ५ भारतीय लडाकु विमान खसाल्यौं । त्यसमा ३ वटा राफेल थिए ।’ पाकिस्तानी अधिकारीहरुले भारतका ६ लडाकु विमान खसालेको दाबी गरेका थिए ।

भारतले फ्रान्सबाट प्राप्त विश्वकै अत्याधुनिक मानिने राफेल लडाकु विमान पाकिस्तानले खसालेको खबरले सनसनी मच्चिएको थियो । त्यतिबेला भारतीय सेनाका अधिकारीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यसबारे प्रश्न सोधिएको थियो । सो प्रश्नमा एयर मार्शल एके भारतीले भनेका थिए, ‘हामी युद्धको अवस्थामा छौं र क्षति हुनु त्यसको एउटा हिस्सा हो ।’

प्रतिक्रिया दिनुहोस्