Logo
Logo

अमेरिकाद्वारा गाजा युद्धविराम प्रस्तावमा भिटो


1.7k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बुधवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामा सबै प्रतिबन्ध हटाउने मस्यौदा प्रस्तावलाई भिटो गरेको छ । सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले पेस गरेको उक्त प्रस्तावलाई १५ मध्ये १४ सदस्यको समर्थन प्राप्त भएको थियो, तर भिटो शक्ति प्रयोग गरी अमेरिकाले यसविरुद्ध मतदान गर्‍यो ।

प्रस्तावले हमास र अन्य समूहद्वारा बन्धक बनाइएकाहरूको तत्काल र बिना सर्त रिहाइ, गाजामा मानवीय सहायताको निर्बाध प्रवेश र सुरक्षित वितरणका लागि सबै प्रतिबन्ध हटाउन माग गरेको थियो । 

अमेरिकाको भिटो निर्णयको सुरक्षा परिषद्का सदस्यहरूले आलोचना गरेका छन् । चीनका स्थायी प्रतिनिधि फु कङ्गले मतदानको नतिजाप्रति चीन निराश भएको बताउँदै प्रस्तावले गाजाका जनताको मुख्य माग र अन्तर्राष्ट्रिय समुदायको आवाजलाई प्रतिबिम्बित गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्