Logo
Logo

सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो


1.7k
Shares

काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता गोताखोर सुरज साउदको शव फेला भेटिएको छ । आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट सुरजको को शव निकालिएको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले ३ दिनदेखि वेपत्ता भएका सुरज साउदको शव भेटिएको जानकारी दिए ।उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो ।

नदीभित्र फसेका जनधन कसरी खोज्ने वा उद्धार गर्ने भनेर डेमो (नक्कली अभ्यास) देखाउने तयारीमा साउद र राजवंशी सप्तकोसी नदीमा हेलिएका थिए । साे क्रममा उनीहरू वेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्