काठमाडौं । बालगायिका परिधी खतिवडाको मधुर स्वरमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत परिधीको यो गीतले बालबालिकाको भावना, पारिवारिक माया र राष्ट्रप्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

गीतका शब्द परिधीका पिता इ। प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा इञ्जिनियरका रूपमा कार्यरत प्रमोद साहित्य र संगीतप्रति रुचि राख्छन्, र उनको कलमबाट यसअघि पनि थुप्रै भावनात्मक रचनाहरू जन्मिसकेका छन् । गीतको संगीत र एरेञ्जमेन्ट सविन लिम्बूले गरेका छन्, जसले परिधीको स्वरलाई थप गहिराइ प्रदान गरेको छ। भिडियोको निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका छन् ।
काठमाडौं वरपरका रमणीय स्थलहरू र परिधीको स्कूल परिसरमा छायाङ्कन गरिएको यो भिडियोले बालमनको कल्पना, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र राष्ट्रप्रेमलाई जीवन्त रूपमा उजागर गरेको छ । सरल शब्द र मिठासपूर्ण धुनमार्फत गीतले बालबालिकामा देशप्रतिको माया र जिम्मेवारीको भावना जागृत गर्ने लक्ष्य राखेको छ ।
परिधीले यसअघि ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन् । गायन, नृत्य, कविता वाचन र चित्रकलामा समेत रुचि राख्ने परिधीको बहुआयामिक प्रतिभा ‘घरकी फूलबारी’ मार्फत फेरि एकपटक उजागर भएको छ ।
यो गीत Paridhi Khatiwada युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको ‘घरकी फूलबारी’ ले दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
भिडियो लिंक