Logo
Logo

पोखरामा दुई प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार


882
Shares

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुमा भारतको बनारस घर भएका ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङ्गका पाईलट २८ वर्षीय विश्वास अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्