Logo
Logo

अनेरास्ववियुको नेतृत्व चयनका लागि बिहीबार मात्र मतदान


378
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानबाट मतदान हुने भएको छ ।

कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा मतदानको समय सारिएको यो तेस्रो पटक हो । मंलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो।

तर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नै समय लागेपछि राति ८ बजेबाट मतदान हुने भनिएको थियो । तर अन्तिम नामावली प्रकाशन गर्न समय लागेपछि भोलि बिहान ८ बजेबाट मतदान हुने भएको छ। अनेरास्ववियुको अध्यक्ष पद प्रकाश पौडेल र सुजन कडरिया प्यानल बनारै मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्