Logo
Logo

रोशनले गाए ‘धोका दियौं तिमीले’ (भिडियो)


3.3k
Shares

काठामाडौ । लोकप्रिय गीत ‘धोका दियौं तिमीले’ नयाँ भर्सनमा आएको छ । यस पुरानो सदावहार गीतलाई ‘द भ्वाईस अफ नेपाल’ सिजन ६ का फस्ट रनरअप रोशन राईले गाएका हुन् ।

लुङ्टो क्रियशनको प्रस्तुती रहेको उक्त गीतलाई काठमाडौंमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको थियो । यो गीत करिब ३५ वर्षअघि नै चर्चामा आएको थियो । अहिले पनि यो गीत बजिरहेको छ ।

प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र बुद्धवीर लामाको शब्द रहेको यस गीतलाई ३५ वर्षअघि मेल भर्सनमा सरोजकुमार श्रेष्ठ र फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङले गाएका सथए । यस गीतको पछिल्लो भर्सनलाई देवेश राईले एरेञ्ज गरेका हुन् भने किश्वर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । यो गीत गायक स्व. विक्रम राईप्रति समर्पित गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडिको संर्घष सम्झिएका थिए । ‘काठमाडौंको बासाई, संर्घष अनि अभावमा जन्मिएको थियो धोका दियौ तिमीले’, शान्तिरामले भने, ‘यो गीत बाउ, छोरा र नाति पुस्ताका लागि पनि लोकप्रिय भएको छ ।’

यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा एक प्रेमिल जोडीको धोकाको कथा देखाइएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक स्वयंले अभिनय गरेका छन् । भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशनले हालसम्म एक हजारभन्दा बढी गीत गाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्