कााठमाडौं । गायिका तथा गीतकार अनिला राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘वीर गोर्खाली’ शीर्षकको यस गीतको भिडियोलाई अनिलाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

बेलायतमा बसेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहँदै आएकी अनिलाको शब्दरचना रहेको ‘वीर गोर्खाली’ बोलको यस गीतमा ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का प्रतियोगी सुदेश राईको स्वर दिएका छन् ।
‘स्वरांकन’, सात वटा गीति एल्बमसहित सयौँका संख्यामा आफ्नो स्वर भरेर गायन र लेखनमा आफ्नो परिचय बनाएकी अनिलाका यसअघि दर्जनौं म्युजिक भिडिओ ल्याइसकेकी छन् । अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् । त्यस्तै, उनले गाएको नेपाली फिल्म ‘वीरविक्रम’को ‘टलटल टल्कियो’ ब्लकबस्टर बनेको थियो ।
गायिकाका रुपमा बढी चिनिएकी अनिला गीति सिर्जना भने यर्थातपरक गर्न रुचाउँछन् । उनका प्रायः गीतमा सामाजिक, पारिवारिक, प्राकृतिक, ऐतिहासिक, पहिचान, प्रगतिशील, वीर रस, रोमान्टिक लगायतका विविधता पाइन्छ । ‘वीर गोर्खाली’ त्यसैको पछिल्लो उदाहरण हो । यसबाहेक अनिलका अन्य गीतहरुमा पनि गोृर्खालीका वीरताको गाथा उजागर गरिएका छन् ।
गत आइतबार सार्वजनिक ‘वीर गोर्खाली’ गीतलाई पवन बान्तावा राईले संगीत गरेका हुन् । राजु कार्कीको एरेन्ज तथा मास्टरिङ रहेको रहेको यस गीतको भिडिओलाई दामी क्रिएसनको सम्पादन छ ।
देव दोर्जी लामाको छायांकन रहेको यस भिडिओलाई भने प्रकाशलृ निर्देशन गरेका हुन् । पप लयमा आधारित यस गीतमार्फत विश्व युद्धलगायत अन्य युद्धमा गोर्खालीहरूले प्रदर्शन गरेको वीरता, विश्व शान्तिको निम्ति गरेको योगदान र खुकुरीको महत्वलाई थप उजागर गरिएको छ ।
स्थायी घर नपालको खोटाङ, दिनुवा बतासे भएकी अनिला करिब दुई दशकदेखि बेलायतको क्याट्रिकमा बसोबास गर्दै आएकी छन् ।