काठमाडौं । मोफसलबाट कलाकारितालाई निरन्तरता दिँदै आएका अभिनेता माधव केसी अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक शिव परियारको स्वर रहेको ‘अजम्बरी माया’ बोल गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो । भिडियोमा अभिनेता केसीलाई मेनुका माझी र गणेश गहतराजले अभिनयमा साथ दिएका छन् ।
डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको संगीत, आमोस तामाङको संगीत संयोज रहेको गीतको भिडियोमा छायांकन मदन कश्यप घिमिरे, सम्पादक मित्रा डी. गुरुङ र निर्देशन नवल नेपालको रहेको छ ।