
पछिल्लो समय आफ्नो घर तथा कार्यालयलाई कसरी आर्कषक सजावट गर्ने भन्ने आमचासो बन्दै गएको छ । यससँगै इन्टेरियर डिजाइनप्रति युवापुस्ताको आर्कषण बढ्दै गएको छ । तर, इन्टेरियर डिजाइनर बन्न त्यति सजिलो छैन । इन्टेरियर डिजाइनलाई पेसाको रुपमा अँगाल्दै आएकी मुस्कान शाह भन्छिन्, ‘इन्टेरियर डिजाइनर बन्न रहर भएरमात्र हुँदैन, मिहिनेत पनि उत्तिकै गर्नुपर्छ ।’ उनी एक निजी इन्टेरियरल कम्पनीकि निर्देशक हुन् । इन्टेरियर डिजाइनबाटै नाम, दाम कमाउँदै आएकी मुस्कान भन्छिन्, ‘सुन्दर घर सजावट गर्न पाउँदा मन खुसी हुन्छ ।’ यिनै इन्टेरियल डिजाइनर मुस्कान शाहसँग रेजिना पाण्डेकोको जम्काभेट :
इन्टेरियल डिजाइनर बन्ने इच्छा कसरी जाग्यो ?
यो घरमै देखिरहेको काम हो । मेरो बुबा अशोक शाहले घरमै मुस्कान इन्टेरियर अफिस खोलेर काम गर्दै आउनुभएको थियो । मेरो दादा पनि यही काममा सक्रिय हुनुुहुन्छ । उहाँहरुले गरेको कामबाट प्रभावित भएर इन्टेरियल डिजाइनर बन्ने इच्छा जाग्यो । भन्नै पर्दा हाम्रो फेमिली नै यही विजनेश छौँ । म डिजाइनदेखि मुस्कान इन्टेरियलमा माकेटिङ काउसिलिङको काम गर्छु ।
फेमिली विजनेशको प्रमोटर हुनुहुन्छ, काम गर्न कति सहज छ ?
तीन वर्षदेखि म मुस्कान इन्टेरियलमा आवद्ध भएर काम गरिरहेकी छु । सहज नै छ । बुबाले जग हालेको ठाउँमा हामीले पानी हालेर हरभरा बनाउने प्रयास गरिरहेका छौँ । ग्राहकलाई सन्तुष्टि दिन प्रयासरत छौँ ।
यो क्षेत्रमा पनि प्रतिस्पर्धा छ है ?
यो क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । सबैले आ–आफ्नो भाग्य अज्माइरहेका छन् । म पनि यो क्षेत्रमा राम्रो गरेर नाम र दाम कमाउने प्रयासमा छु ।
आजभोलि कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । कामको ओइरो छ । हाउजिङ, घर र अफिसका लागि काम आइरहन्छन् । हाम्रो कामलाई सम्मान गरेर काम गर्ने अवसर दिनुभएको छ, खुशी लाग्छ ।
फेमिली जोइन विजनेशमा खटपट भइरहन्छ भनिन्छ नि ?
मान्छेको आ–आफ्नो बिचार हो । हाम्रो परिवारमा धेरै विजनेश छ । तर, अहिलेसम्म खटपट भएको देखेको छैनौँ । सबैको परिवार मिलेर काम गरिरहनु भएको छ । काम भनेको हातेमालो गरेर गर्नुपर्छ । त्यो मान्यता हाम्रो परिवारमा छ ।
हालसम्म कति घर सजाइ सक्नुभयो ?
‘दर्जनौँ भइसक्यो । गनेर साध्यै छैन । घरमात्र होइन अफिस, हाउजिङ धेरै ठाउँ छ । सामान्यदेखि असामान्य सबैको काम गरेका छौँ ।
तपाइँको कामप्रति ग्राहक सन्तुष्टि छन् ?
सायद हुनुहुन्छ होला । सन्तुष्टि भएकै कारण हामी यस क्षेत्रमा उत्साहका साथ लागेका छौँ ।
काम गर्दै जाँदा कतै चित्त नबुझेको घर छ ?
छैन, किनकि हामीलाई बिश्वास गरेर घर धनीले घर सजाउन दिनुहुन्छ । उहाँहरुको जीवनको लगानीलाई हामी लापरबाही गर्दैनौँ । हामी सल्लाह लिन्छौँ र दिन्छौँ पनि । घरको सबै लेआउट बुझेर, हेरर सल्लाह गछौँ । सकेसम्म हामी ग्राहक सन्तुष्ट बनाउने प्रयास गछौँ ।
इन्टेरियरल डिजाइनका फरक–फरक काम हुन्छ । तपाइँहरु प्रायः केमा गर्नुहुन्छ ?
हो, यो क्षेत्रमा फर्निचर, बगैचा, बेडरुम र किचेन मात्र हेर्छन् । तर, हामीले जिम्मा लिएपछि सबै काम गर्छौँ । घरको किचेन फर्निचर, बगैचा, बेडरुम, बाथरुम इत्यादी । मुस्कान इन्टेरियलको यो मुख्य बिशषेता हो ।
इन्टेरियल डिजाइनरहरु चार्ज बढी लिन्छ भन्छन् नि ?
होइन, चार्ज भन्ने कुरा काम हेरेर हुन्छ । तर, अहिले महँगीको कारण अलि महँगो चाहिँ हुन्छ । एउटा घर, जसलाई हामी स्वर्ग भन्दछौँ । मिहिनेत गरेर बनाएको घर सुन्दर सजावट गरियो भने मन आन्नद हुन्छ ।
आफ्नो घरचाहिँ कतिको सजाउनुहुन्छ ?
सजाउँछु । घर यस्तो हुनुपर्छ जहाँ बस्दा पनि आनन्द होस् । मन शान्ति होस् । घर भन्ने कुरा सानो र ठुलो हँुदैन । घरमा एउटा गमलामा बिरुवा रोपेर ढोकामा राख्नुस्, त्यो घरको आर्कषण नै बेग्लै हुन्छ ।
तपाइँ र बुबाको काम गर्ने तरिकामा कति फरक छ ?
केही फरक त हुन्छ । समय अनुसार उहाँ आफ्नो सोच, कन्सेप्ट परिवर्तन गर्नुहुन्छ । मान्छेको आ–आफनो सौख र चाहना हुन्छ । डिजाइनिङ भन्ने कुरा पनि एउटा सोच नै हो ।
इन्टेरियल डिजाइनमा करिअर खोज्दै हुनुहन्छ ? के यो क्षेत्रमा भविष्य देख्नुहुन्छ ?
बुबा यही काम गरेर सफल हुनुभयो । दादा म पनि यही काममा हुनुहुन्छ । हामीले अहिले अरु केही देखेका छैनौँ । यो क्षेत्रमै भविष्य छ भन्ने बुझेका छौँ । त्यसैले बुबाले सुरु गर्नुभएको यो विजनेशलाई उकास्ने देशभरि चिनाउने धोको छ । चाँडै हामी नेपाल बाहिर पनि शाखा बिस्तार गर्ने योजनामा छौँ ।
तपाईँजस्ता युवा यो क्षेत्रमा किन आकर्षित ?
यो समयको माग हो । अहिले यो क्षेत्रमा आर्कषण बढ्दो छ । डिमाण्ड बढ्दै छ । नेपालमा इन्टेरियल डिजाइनको डिमाण्ड बढ्दै जानुले पनि युवाहरु यसप्रति आकर्षित भएको हुनसक्छ ।
तपाईँ चित्र पनि कोर्नु हुन्छ ?
हो, मलाई चित्रकारितामा सौख छ । मैले धेरै चित्रहरु कोरेकी छु । मेरो अफिस मुस्कान इेन्टेरियलमा मेलै बनाएको चित्रहरु राखेको छु । फुर्सद हुँदा म शान्त ठाउँमा गएर चित्र कोर्न मन लाग्छ ।
मोडलिङ पनि गर्नु हुन्छ रे, खासमा तपाईँको पहिचान के हो ?
मोडलिङ गर्न रहर लाग्छ । मैले केही म्युजिक भिडियो पनि गरेको छु । अवसर आयो भने अहिले पनि भिडियोमा काम गर्छु । तर, यो मेरो रहरको कुरा हो । खासमा म विजनेस वुमन बन्न चाहन्छु ।