Logo
Logo

बिवाइडी डल्फिन नेपालमा सार्वजनिक, यस्ता छन् विशषेता


441
Shares

काठमाडौं । बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले बिवाइडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण नेपालमा सार्वजनिक गरेको छ । अघिल्लो संस्करणको सफलतामा आधारित अपग्रेड गरिएको यस बिवाइडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन् ।

यसमा इभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभिबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ ।

यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने कम्पानीले जनाएको छ ।

यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ । जसमा एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।

बिवाइडी डल्फिन २०२५ ले अत्याधुनिक बिवाइडी इ–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटिपी रेन्ज प्रदान गर्छ ।

डिसी चार्जिङ क्षमता भएको र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने यस बिवाइडी डल्फिनमा नेपाली सडकमा गुड्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन, रातिमा अझ स्पष्ट देखिन प्रभावशाली एलइडी हेडलाइट्स, उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम रहेको छ ।

यस संस्करणमा एटलान्टिस् ग्रे रङ पनि थपिएको र यसले बिवाइडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य भने ४१ लाख १५ हजार तोकिएको छ । यो मोडेल बिवाइडीका सोरुम र डिलरमा टेस्ट ड्राइभ र बुकिङका लागि पनि उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्