Logo
Logo

मधेश प्रदेश : बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित 


315
Shares

काठमाडौं । मधेश प्रदेश सरकारको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक १२ बजे स्थगित भएको सूचना जारी गरिएको हो ।

बुधबारबाट सुरु भएको बजेट छलफलमा प्रतिपक्षी सांसद रामआशिष यादव र सत्तापक्षकी रमिता प्रधानले मात्र भाग लिएका थिए । अन्य सांसदको सहभागिता नहुँदा सभामुख रामचन्द्र मण्डलले सांसदहरूले बजेटको रेडबुक अध्ययन नगरेको भन्दै बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बुधवारको बैठकअघि कार्य व्यवस्था परामर्श समितिले असार २२ गतेसम्मको कार्यसूची तय गरेको थियो । तर, सभामुखले अचानक बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादवले सभामुखलाई सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।  उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिएको भन्दै आगामी छलफल बहिष्कार गर्ने घोषणा गरे ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले पनि सभामुख र सरकारको रवैयाप्रति आपत्ति जनाए । उनले सभामुखले संसदीय अभ्यासविपरीत सदनलाई कसैको इशारामा बन्दी बनाएको आरोप लगाए । 

माओवादी, जसपा, एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीले आगामी बजेट छलफल बहिष्कार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्