कुनै समय नेपाली समाजमा र्याप संगीतलाई हेर्ने दृष्किोण नै फरक थियो अर्थात राम्रो लिइँदैथ्यो । अहिले पनि नेपाली समाजमा र्याप संगीतमै सहज रुपमा लिएको पाइँदैन । तैपनि र्याप र हिपअप गाउनेहरु नेपाली संगीत क्षेत्रमा दिनदिनै बढ्दैछन् । थुप्रै कलाकार र्याप र हिपअप गाएर चर्चामा आएका छन् । तीमध्येकी एक हुन् प्रतिक्षा खड्का । उनी थोरै महिला र्यापरमध्येकी एकमा पर्छिन् । उनी आफैँ र्याप गीत लेख्छिन् र गाउँछिन् । दर्जनौँ र्याप गीत गाइसकेकी प्रतिक्षा आफ्नो क्षेत्रमा लोकप्रिय छिन् । जीवनमा केही गर्नुपर्छ भन्ने सानैदेखिको सोचले र्याप गायनमा लागेकी प्रतिक्षा सात बर्षदेखि यसै क्षेत्रमा सक्रिय छिन् । २२ वर्षीया र्यापर प्रतिक्षा खडकासँग रेजिना पाण्डेको जम्काभेट :

र्यापर बन्ने सोच कसरी आयो ?
म सानैदेखि गीत र कविताहरु लेख्थेँ । लेख्दै जादा एकचोटी न्युरोडको गल्लीतिर सडक बच्चाहरु देखेँ । उनीहरुलाई देखेपछि मैले चार लाइनको ‘खात्ते’ शीर्षक्को कविता लेखे र त्यहि कवितालाई ‘खाते’ नाम दिएर ¥याप हानेर आफ्नो युट्युबमा हालेँ । जुन धेरैले मन पराउनुभयो । सुरु सुरुमा चाहिँ मैले ¥याप गाउँदै आफनो युट्युव च्यानल र फेसबुकमा हाल्थेँ । यसैक्रममा ललितपुरको कन्र्सटमा पर्फमेन्स गर्ने मौका मिल्यो । त्यो प्रस्तुतीले मलाई झन् स्पोर्ट भयो । अहिले दुई दर्जनभन्दा बढी कन्सर्टहरुमा गाइसकेकी छु ।
अहिले पनि अवसर पाइरहुनभएको छ ?
मलाई हल्का अवसरहरु आइरहेको छ । भर्खरभर्खरै अगाडि बढ्दै छु । अहिले अझ रामो राम्रो कन्सर्टहरुमा सहभागी हुने मौकाको पर्खाइमा छु ।
र्यापर बन्नलाई परिवारबाट सपोर्ट मिल्यो ?
–पाइरहेकी छु । परिवारिक स्पोट भएरै यहाँसम्म आइपुगेको हुँ । ममी बाबाको स्पोट नभएको भए म यहाँसम्म आउन सक्दिनँ थिए । गाउनका लागि सुरु सुरुमा खर्च सबै दादा, भाई, ममी र बाबाले नै गरिदिनु भएको हो । त्यसैले अहिले म यो स्थानमा छु ।
अहिले त आफ्नो कमाइ पनि त भइरहेको होला ?
गाउने मौका पाएपनि कमाउने मौकाचाहिँ खाशै पाएको छैन । सोचे जस्तो भएको पनि छैन ।
र्यापर बनेपछि समाजले हेर्ने नजर कस्तो थियो ?
–कतै सकारात्मक थियो भने कतै नकारात्मक । सबैको हेर्ने दृष्किोण फरक फरक पाएँ । यहाँ सबै मानिसको सोच मिल्दैन । कतिले राम्रो गर भने, कतिले ¥यापर भनेर जिस्काउन पनि पछि परेनन् । कतिले त छोरीलाई के यस्तो गायक बनाएकोसम्म पनि भने ।
नेपाली समाजमा र्याप गीतलाई नकारातमक रुपमा लिने गरिन्छ, किन होला ?
–किनभने, हाम्रो नेपालमा र्यापको बिकास हुन थालेको भर्खरै हो । यसलाई बिस्तारै बुझ्दै छन् । यो पनि गीत नै हो भनेर नियाल्दै छन् । नयाँ चिजलाई एकासी सुन्दा र देख्दा अनौठो गाग्छ । पुरानै सोचमा हामी हिँडिरहका छौँ । परिवर्तन हुन समय लाग्छ । ¥याप गीत झट्ट सुन्दा नकारात्मक लाग्न सक्छ । त्यसैले नेपाली समाजले सुरुमा नकरात्मक रुपमा लिएको होकि ।
र्यापरले छाडापन भित्रायो भन्छन नि ?
–यो गलत आरोप । कुनै कुनै र्यापरले नचाहिदो पाराले गाइदिन्छन् । कतिले बिगारेर गाउँछन्, भने कतैकतै छाडा शब्द हालिदिन्छन् । तर, एउटा ¥यापरले एउटा गाना तयार पार्न कति मेहेनत र खर्च गरेको हुन्छ त्यो बुझिदिँदैन । यसले गर्दा राम्रो र्यापरहरुलाई असर परेको छ । एक/दुईजना नराम्रो गायो भन्दैमा सबैलाई मुछ्न मिल्दैन । यहाँ धेरै राम्रा ¥यापरहरु छन्, जसले नाम र दाम पनि राम्रै कमाइरहेका छन् ।
तैपनि ¥याप र ¥यापरलाई त्यति मनपराएको देखिदैन नि ?
–यो चाहिँ हो । किनकि, ¥याप गीतलाई यस्तो पनि गीत हुन्छ भन्ने सोच अझै छ । यो नबुझेर हो । बिदेसमा यसको निकै महत्व राख्छन् । भारतमा पनि अहिले ¥यापरहरुको संख्या बढ्दैछ । यसको डिमाण्ड पनि बढेको छ । नेपालमा चाहिँ बुझाउन अझै गाह्रो भइरहेको छ ।
र्याप संगीतमा तपाइँ भविष्य देख्नुहुन्छ ?
–भविष्य छ । अहिले यही क्षेत्रमा रमाइरहेकी छु । थोरै भएपनि कमाइरहेको छु । पछि राम्रो अवसरहरु पनि आउलान् नि ।
र्याप संगीतमै रमाइरहने कि अरु केही गर्ने योजवना छ ?
म शोसोलोजी पढिरहेकी छु । मास्टर गरेर एनजिओ, आईएनजिओमा काम गर्नेछु । तर, र्याप गाउन भने छोडदिनँ । यो मेरो सोख हो, जसले जेसुकै भनोस् ।
आजभोलि कतिको व्यस्त हुनुहुन्छ ?
कलेज पढाइमै व्यस्त छु । साथै, गीत लेख्छु, र्याप रेकड गर्ने । यस्तै, यस्तै काममा व्यस्त छु । फाटफुट कार्यक्रमहरु पनि भइरहन्छ । हाम्रो पसल छ । बाबा–ममी र दाइलाई पनि मद्दत गरिरहेको हुन्छु ।
तपाइँ कविता पनि लेख्नुहुन्छ ?
हो, मैले कविता महोत्सवहरुमा राष्ट्रियस्तरको पुरस्कार पनि पाएकी छु । म सानैदेखि कविता लेख्थे । आज पनि फुर्सद भयो भने कविता लेख्छु । कविता लेख्दा मलाई आनन्द लाग्छ ।