Logo
Logo

कुमारी बैङ्कद्वारा फोन पेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु


189
Shares

 
काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैङ्क लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको सेवा बैङ्कको मोबाइल बैंकिङ्ग ‘कुमारी स्मार्ट’ मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ ।

The current image has no alternative text. The file name is: kumari-bank.jpg

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरूले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् । फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिन सम्म बिना ब्याज (सर्तहरू लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैङ्कले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

अटीएम पिओएस तथा ग्रिन पिन सुविधा विस्तार गर्नुका साथै भिसा मास्टरकार्ड तथा यूपिएल कार्ड स्वीकार्यता देशभरका अटिएम पोओएस मा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैङ्कले आगामी दिनहरूमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरू प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्